राजनीति

बालेन्द्र काठमाडौंको मेयर सुनिता उपमेयर

काठमाडौं महानग रपालिकाको मेय रमा स्वतन्त्र उम्मेदवा र बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन्। बिहीबार राति मतगणना सकिएपछि बालेन्द्र मेयरमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए। बालेन्द्रले ६१ हजा र ७६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजा र ३४१ मत पाइन्। उपमेयरमा ६८ हजा र ६१२ मतसहित नेकपा एमालेकी उम्मेदवारी सुनिता डंगोल निर्वाचित भएकी छन्।

घोषित निर्वाचन परिणामअनुसार काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये कांग्रेसले १९, एमालेले १२  र नेकपा एकीकृत समाजवादीले एउटा वडाको वडाध्यक्ष जितेका छन्। कांग्रसले वडा नम्ब र ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९  र ३० मा अध्यक्ष जितेको छ। एमालेले वडा नम्ब र १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१  र ३२ मा वडाध्यक्ष जितेको छ। नेकपा एकीकृत समाजवादीले वडा नम्ब र १५ को वडाध्यक्ष जितेको छ।  

वडा नम्ब र १ मा भ रतलाल श्रेष्ठ, वडा २ मा  राजेन्द्रकुमा र श्रेष्ठ, वडा ३ मा प्रेम थापा, वडा ४ मा दिनेश महर्जन, वडा ५ मा वीरेन्द्र प्रजापति, वडा ६ मा भुवन लामा, वडा ७ मा विमलकुमार होडा, वडा ८ मा आशामान संगत, वडा ९ मा  रामजी भण्डारी  र वडा १० मा  रामकुमार केसी अध्यक्षमा निर्वाचित भएका छन्। यसैगरी वडा नम्ब र ११ मा हीरालाल तण्डुकार, वडा १२ मा बालकृष्ण महर्जन, वडा १३ मा ध्रुवनारायण मानन्धर, वडा १४ मा सुमन श्रेष्ठ, वडा १५ मा ईश्वरमान डंगोल, वडा १६ मा मुकुन्द  रिजाल, वडा १७ मा नवीन मानन्धर, वडा १८ मा न्हुछेकाजी महर्जन, वडा १९ मा राजेशकुमार श्रेष्ठ  र वडा २० मा राजेन्द्र मानन्धर अध्यक्षमा निर्वाचित भएका छन्। वडा २१ मा उदयचुडामणि बज्राचार्य, वडा २२ मा चिनीकाजी महर्जन, वडा २३ मा मचाराजा महर्जन, वडा २४ मा विनोदकुमार राजभण्डारी, वडा २५ मा  राजेश डंगोल, वडा २६ मा ख्याम राज तिवारी, वडा २७ मा योगेशकुमार खड्गी, वडा २८ मा भाइराम खड्की, वडा २९ मा कुश ढकाल, वडा ३० मा दलबहादुर कार्की, वडा ३१ मा सरोज ढकाल र वडा ३२ मा नवराज पराजुली अध्यक्षमा निर्वाचित भएको जानकारी मुख्य निर्वाचन अधिकृत खतिवडाले दिएका छन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं उपत्यकाका २१ पालिकामध्ये कांग्रेसले १३, एमालेले पाँच,  राप्रपाले एक, नेमकिपाले एक  र स्वतन्त्र उम्मेदवा रले एक पालिकाको प्रमुखमा विजय हासिल गरेका छन्। काठमाडौं जिल्लाका १० पालिकामध्ये कांग्रेसबाट कागेश्वरी मनोहराको प्रमुखमा उपेन्द्र कार्की, चन्द्रागिरि नगरपालिकाको प्रमुखमा घनश्याम गिरी, नागार्जुन नगरपालिकाको प्रमुखमा मोहनबहादुर बस्नेत, गोकर्णेश्व र नगरपालिकाको प्रमुखमा दीपककुमार रिसाल, तार्केश्व र नगरपालिकाको प्रमुखमा कृष्णहरि महर्जन, कीर्तिपुर नगरपालिकाको प्रमुखमा राजकुमार नकर्मी र दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेत निर्वाचित भएका छन्। काठमाडौंमा एमालेबाट बुढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी र टोखा नगरपालिकाको प्रमुखमा प्रकाश अधिकारी निर्वाचित भएका छन्। शंखरापुर नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित निर्वाचित भएका छन्। काठमाडाैं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित भएका छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन्। कांग्रेसबाट ललितपुरको गोदावरी नगरपालिकामा गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाको प्रमुखमा गणेश केसी, वाग्मती गाउँपालिका प्रमुखमा वीरबहादु र लोप्चन निर्वाचित भएका छन्। त्यस्तै एमालेबाट ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा कृष्णमान लामा  र महालक्ष्मी नगरपालिकाको प्रमुखमा ह रिगोविन्द श्रेष्ठ निर्वाचित भएका छन्।  

भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेसका जीवन खत्री, मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा कांग्रेसकै सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको प्रमुखमा एमालेका वासुदेव थापा र भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्।

प्रकाशित: १३ जेष्ठ २०७९ ००:३९ शुक्रबार