राजनीति

प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाइने

सरकारले प्रवासमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी गराउने व्यवस्था मिलाउने नीति ल्याएको छ। प्रवासमा रहेका नेपालीले मतदानको व्यवस्था गर्न धेरै पहिलेदेखिनै माग राख्दै आएका छन् सरकारले पनि पटकपटक यस्तो व्यवस्था गर्ने आश्वासन दिएपनि कार्यान्वयन गरेको पाइदैन। यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि यही व्यवस्थालाई निरन्तरता दिने प्रतिवद्धता जनाइएको छ।  

यसैगरी सरकारले अख्तियारलाई आवश्यक प्रविधि उपलब्ध गराउने तथा नविनतम विधि प्रयोग गरेर भ्रष्टाचारका घटना शिघ्र छानविन गर्ने गरी विकास गर्ने नीति लिएको बताएको छ । र, राष्टिय सर्तकता केन्द्रलाई अधिकार सम्पन्न गराई आधुनिक प्रविधि उपलब्ध गराउने बताएको छ ।  

प्रकाशित: १० जेष्ठ २०७९ १२:४६ मंगलबार

#प्रवासीनेपाली