राजनीति

लिसंखुपाखरमा अध्यक्ष माओवादी, उपाध्यक्ष एमालेलाई

लिसंखुपाखर गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमाले उम्मेदारले जितेका छन्। अध्यक्षमा माओवादी उम्मेदवार राजु लामा र उपाध्यक्षमा एमालेकी मिठूदेवी लामा निर्वाचित भएका हुन्।  

लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जेठा तामाङलाई हराए भने मिठूदेवीले माओवादीकी राममाया तामाङलाई पराजित गरिन्। लामाले ३ हजार ९ सय २५ मत पाए भने तामाङले ३ हजार १९ भोट मात्र ल्याए। उपाध्यक्षमा निर्वाचित मिठूदेवीले ३ हजार २ सय ५१ मत ल्याउँदा प्रतिद्वन्द्वी राममायाले ३ हजार १ सय ६ मत पाइन्।  

अघिल्लो निर्वाचन जितेको एमाले योपटक तेस्रो स्थानमा खुम्चियो। २०७४ को निर्वाचनमा यहाँ एमालेका कमल नेपाल निर्वाचित भएका थिए। त्यतिबेला नवनिर्वाचित अध्यक्ष राजु लामा निकटतम प्रतिस्पर्धी बनेका थिए। माध्यमिक शिक्षक उनी जागिरबाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका थिए। जितको मुखमा पुगेर अन्तिममा उनी २२ मतले पराजित भएका थिए। यो पटक अध्यक्ष जितेर लामाले बदला लिए।

प्रकाशित: ५ जेष्ठ २०७९ १०:१३ बिहीबार