राजनीति

नीलकण्ठको मेयर र उपमेयरमा दोहोरिए कांग्रेस, माओवादी

भिम प्रसाद ढुंगाना र दिपक विश्वकर्मा।

नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन्।

ढुंगानाले  १४ हजार ५ सय ७५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले  ९ हजार ६४ मत प्राप्त गरिन्।

ढुंगानाको यो दोस्रो कार्यकाल हो। २०७४ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर मेयरमा विजयी भएका थिए। यसपटक पनि तीन दलिय गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

उपमेयरमा माओवादीका विश्वकर्माले ९ हजार ६ सय ९३ मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ७ हजार ९ सय १३ मत प्राप्त गरे। माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडा नं १ मा गणेशबहादुर गुरुङ, वडा नं २ मा ध्वजबहादुर गुरुङ, वडा नं ५ मा रामबहादुर श्रेष्ठ, वडा नं १४ मा नमराज विजयी भएका छन्।

त्यस्तै काँग्रेसबाट वडा न ६ मा भुपेन्द्र कुमार श्रेष्ठ, वडा नं ७ मा गौतमहरि अधिकारी, वडा नं ९ मा राजन बराइली, वडा नं १० मा सरोज पाण्डे, वडा नं ११ मा रामबहादुर श्रेष्ठ, वडा नं १२ मा धर्मराज भण्डारी, वडा नं १३ मा सोमबहादुर गुरुङ विजयी भएका छन्।

नेकपा एमालेबाट वडा नं ४ मा हरिबहादुर श्रेष्ठ विजयी भएका छन्। नीलकण्ठको वडा नं ३ मा उम्मेदवार राजकुमार श्रेष्ठ र वडा नं ८ मा प्रकाश कुमार श्रेष्ठ निर्वाचित भएका छन्। दुवैजना कांग्रेसबाट विद्रोह गरि बनेका स्वतन्त्र उम्मेदवार हुन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:२८ बिहीबार