राजनीति

मोरङका ६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, कांग्रेस तीन एमाले तीन स्थानमा विजयी

मोरङमा अपन्तम मत परिणाम सार्वजनिक भएका ६ स्थानीय तहमा तीनमा कांग्रेस र ३ मा एमालेका उमेदवार निर्वाचित भएका छन्। मोरङको कटहरी, जहदा र मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्।  

मोरङको कटहरीको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी निर्वाचित भएका छन्। उनले  ६ हजार ५ सय ६५ मत ल्याएर विजयी भएका हुन् उनका निकटतम प्रतिश्पर्धी सुभाषकुमार गच्छदारले  ५ हजार ६ सय ८२ मत ल्याए। कटहरीको उपाध्यक्षमा नेकपा एमालेकी सितादेवी राजवंशी निर्वाचित भइन्। उनले ५ हजार ८ सय ४८ मतल्याइन्। उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी मञ्जीताकुमारी सरदारले ५ हजार ७ सय ५ मत ल्याइन्।  

मोरङको कटहरीमा कांग्रेसले १, जनतासमाजवादीले १ वटा वडाको अध्यक्षमा निर्वाीचत भए भने नेकपा एमालेका उमेदवार  ५ वटा वडाको अध्यक्षमा निर्वाचित भए। यस्तै मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साहले ६ हजार ५ सय १ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिश्पर्धी जसपाका कैलाशप्रसाद मण्डलले ४ हजार ४८ मत ल्याए। उपप्रमुखमा नेपाली कांग्रेसकी हन्ना सोरेनले ५ हजार ५ सय ५५ मत ल्याएर निर्वाचित भइन्। 

उनकी निकटतम प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रकी दुलाली कुमारी महतोले ३ हजार ५ सय १२ मत ल्याइन्। वडातर्फ नेपाली कांग्रेसले ४ वटा, जसपाले २ एमाले १ र एमाओवादी केन्द्र १ वटा वडामा विजयी भयो। मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका वविकुमार राई विजयी भए। उनले ८ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका  नरेन्द्रप्रसाद ढुंगेलले ४ हजार ९ सय १६ मत ल्याए। मिक्लाजुङको उपाध्यक्षमा ए माओवादी केन्द्रका दिनेश पौडेल ५ हजार ६ सय २६ मत ल्याएर निर्वाचित भए। उनका प्रतिश्पर्धी एमालेकी निर्मला राईले ५ हजार ४ सय ५५ मत ल्याइन्। मिक्लाजुङमा नेपाली कांग्रेसले ४ वटा वडा, नेकपा एमालेले २ वटा र मोओवादी केन्द्रले १ वटा वडामा जित हाँसिल गरेको छ।  

यस्तै मोरङको लेटाङ नगरपालिकाको मेयरमा  नेकपा एमालेका भुपेन्द्रकुमार लावतीले १० हजार २ सय २७ मत ल्याएर निर्वाचित भए। उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १ सय ५ मत ल्याए। उपमेयरमा नेकपा एमालेकी कृष्णकुमारी पोखरेलले ९ हजार ४ सय ६० मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिश्पर्धी  माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४ हजार ९ सय ५ मत ल्याए। 

लेटाङका ६ वडा वडामा एमाले र ३ वटा वडामा कांग्रेसका अध्यक्षका उमेदवारले जित हाँसिल गरेका छन्। यस्तै मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी राजमती इङ्गनामले ८ हजार ९ सय ७५ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका सञ्जय भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार  ५ सय ५० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी मनकुमारी गुरूङले ७ हजार ८ सय १८ मत ल्याइन्। कानेपोखरीका ५ वटा  वडाको अध्यक्षमा एमाले र २ वटामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। 

केरावारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले जित हाँसिल गरे। उनले ७ हजार ८ सय १० मत ल्याए भने उनका प्रतिश्पर्धी नेपाली कांग्रेसका रोहित बहादुर कार्कीले ६ हजार ३ सय ९० मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगरले ७ हजार २ सय ६७ मत ल्याएर विजयी भइन्। उनकी प्रतिश्पर्धी नेपाली कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याइन्। केरावारीमा नेपाली कांग्रेसले ३ वटा र एमालेले ७ वटा वडाको अध्यक्ष जित्न सफल भयो।  

मोरङको मतगणना भइरहेका ११ वटा पालिका मध्ये ६ वटामा नेकपा एमाले र ५ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ। नेकपा एमालेले धनपालथान गाउँपालिका, रंगेली नगरपालिका, उर्लावारी नगरपालिका, पथरी शन्श्चिरे नगरपालिका र सुनवर्षी नगरपालिकाको प्रमुखमा अग्रता कायम गरिरहेको छ। यस्तै नेपाली कांग्रेसले रतुवामाई नगरपालिका, सुन्दरहरैंचा, ग्रामथान, बुढीगंगा र विराटनगर महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। 

२०७४को स्थानीय तह निर्वाचनमा मोरङका ९ वटा स्थानीय तहमा कांग्रेस विजयी भएको थियो। नेकपा एमालेले ५, माओवादी केन्द्रले १ , तत्कालीन संघिय समाजवादी हाल जनता समाजवादीले १ र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकले १  स्थानमा जित हाँसिल गरेको थियो। यो निर्वाचनमा कांग्रेसको सिटसंख्या घट्ने र एमालेको बढ्ने देखिएको छ। अन्य दलले मोरङको कुनै पनि स्थानीय तहमा जित हाँसिल गर्ने अवस्था देखिएको छैन। मोरङका मतगणना भइरहेका  सबै स्थानीय तहमा कांग्रेस र एमालेबीच नै प्रतिश्पर्धा भइरहेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:३५ बुधबार