राजनीति

धरान ९ मा कांग्रेसको प्यानल निवार्चित

धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन्।

उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शिवकुमार राईलाई ३५१ मतान्तरले पराजित गरे। राईले ५४६ मत प्राप्त गरे। वडा महिला सदस्यमा विजयी विन्दु अधिकारीले ८३२ मत प्राप्त गरिन् भने दलित महिला सदस्य अम्बिका विसम्के सार्कीले ८४८ मत प्राप्त गरिन्।

खुला सदस्यमा कृष्णबहादुर कार्कीले ७९८ मत र शरदरत्न पार्थिवले ७७९ प्राप्त गरेका छन्। यस्तै धरानमा सोमबार राती साढे १० बजेसम्म २२ हजार ७५३ मतगणना सकिँदा गठबन्धनका मेयर उम्मेदवार किशोर राईको अग्रता कायमै छ। राईले अग्रता कायम राखे पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर भने घटाएका छन्।

गठबन्धन उम्मेदवार राईले ६ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् भने साम्पाङले ५ हजार ९ सय ६५ मत प्राप्त गरेका छन्। साम्पाङभन्दा राई ५ सय ७९ मतले मात्र अगाडि छन्। एमालेबाट मेयर उम्मेदवार मञ्जु भण्डारी ५ हजार ६ सय ११ मतका साथ तेस्रो स्थानमा छन्।

यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा ७ हजार ३ सय १८ मतका साथ अग्रता कायम राखेका छन्। एमाले उम्मेदवार पदम इस्वोले ७ हजार ७३ मत प्राप्त गरेका छन्। हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नं १०, १९, १८, १३ र २० को मतगणना जारी छ।

७ बजेसम्म २१ हजार ९८४ मतगणना सकिएको छ। तीन दिनदेखि जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले अग्रता कायमै राखेका छन्। उनले ६ हजार ३०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५ हजार ७ सय ७ मत प्राप्त गरेका छन्। गठबन्धनका राई स्वतन्त्र उम्मेदवार साम्पाङ भन्दा ५९६ मतले अगाडि छन्।

एमालेबाट मेयर उम्मेदवार मञ्जु भण्डारीले ५ हजार ४ सय ४८ मत प्राप्त गरेकी छिन्। भण्डारीभन्दा साम्पाङ २५९ मतले अगाडि छन्। यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ। उनले ७ हजार ५६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार पदम इस्वोले ६ हजार ८ सय २८ मत प्राप्त गरेका छन्। इस्वोभन्दा बेघा २२८ मतले अगाडि छन्।

हालसम्म धरानको वडा नं १,२,३,४,५,६ र ७ नम्बरको मतगणना सम्पन्न भइसकेको छ भने वडा ८,९,१०,१९ र २० को मतगणना जारी छ। धरान उपमहानगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईको अग्रता कायमै छ। सोमबार साँझ साढे ६ बजेसम्म २१ हजार ८४ मत गणना सकिँदा उनी स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ भन्दा ५९७ मतले अगाडि छन्।

गठबन्धनका उम्मेदवार राईले ६ हजार २३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार साम्पाङले ५४२६ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ५ हजार २ सय ५१ मत प्राप्त गरेकी छिन्। उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा २३६ मतले अगाडि छन्।

बेघाले ६ हजार ७ सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार पदम इस्वोले ६ हजार ५ सय २७ मत प्राप्त गरेका छन्। धरानमा हालसम्म वडा नं १,२,३,४,५,६ र ७ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नं ८,९,१०,१९ र २० को मतगणना भइरहेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App