राजनीति

पोखरामा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुईहजार नजिक पु¥याएका छन। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मे्दवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ८ सय ४५ पु¥याएका हुन् ।

हालसम्म ३४ हजार ६ सय १६ मत गणना सम्पन्न हुँदा आचार्यले १४ हजार ३ सय ६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत ल्याएर पछ्याईरहेका छन्। त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६ सय ८३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ८ सय १५ मत प्राप्त गरेका छन ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्। रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ४ सय १० पु¥याएकी छन्। रानाभाटले  १४ हजार ६ सय ८५ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १४ हजार २ सय ७५ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:१० बुधबार

पोखरा धनराजको अग्रता