राजनीति

विरगंज मेयरमा राजेशमान र उपमेयरमा आलम निकै अगाडी

विरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम अग्र स्थानमा छन।  

मेयरका उम्मेदवार सिंह आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा निकै अगाडी छन्। उनले सोमबारको तुलनामा मंगलबार अझ धेरै मतले अग्रता लिइरहेका छन्। मंगलबार दिउँसो १२ बजेसम्म उनले ८ हजार १ सय ३१ मतले अग्रता लिइरहेका छन्। मतगणना सुरु भएको दिनदेखिनै जसपाका सिंहले अग्रता लिइरहेका हुन।  

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले ३ हजार ६ सय २२ मत प्राप्त गरेका छन्। दुई प्रमुख प्रतिस्पर्धीबीच ४ हजार ५ सय ९ मतको फरक देखिएको छ।

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले २ सय ७३ मत मात्र प्राप्त गरेका छन्। गिरी खातामा निकै कम संख्यामा मत थपिएको देखिन्छ।  

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम आफ्ना निकटतम प्रतिद्धन्दी भन्दा निकै माथि छन्। आलमले अहिलेसम्म ५ हजार ४ सय २३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी लोसपा नेपालका पुरुषोत्तम लाल झाले मात्र ९ सय १० मत प्राप्त गरेका छन्। मतगणना सुरु भएदेखिनै आलमले अग्रता लिदै आएका हुन।  

यसैगरी तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको मत ५ सय १३ छ भने चौथौ स्थानमा रहेकी बिना जैसवालको मत ४ सय २० छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:३३ मंगलबार