राजनीति

जनप्रतिनिधि आजदेखि सिसाको घरमाः बर्षमान पुन

‘हारेको ठाउँमा समीक्षा गर्नुपर्छ। जितेको ठाउँमा हारेकालाई विभेद गर्नु हुँदैन।’ रोल्पा नगरपालिकाको लिवाङमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै माओवादी नेता बर्षमान पुनले भने ‘जनप्रतिनिधि राम्रो भएमा समाज र पाटी दुवै राम्रो हुन्छ। त्यसैले ध्यान दिएर काम गर्नु होला।’

उनले जनप्रतिनिधि आजदेखि सिसाको घरमा बसेको बताउँदै विगतबाट पाठ सिकेर अगाडि बढ्न अनुरोध गरे। पुनले संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन्।

रोल्पा नगरपालिको मेयर लगायत अत्याधिक पदमा माओवादी विजयी भएका छन्। विजय पछिको सभालाई सम्बोधन गर्दै नेता पुनले भने देशभरको परिणामलाई नियाल्दा स्थानीय तहमा एमालेले २०७४ को तुलनामा केही पराजय भोगेको बताए।

नेता पुनले एमाले महासचिव शंकर पोशखेलले धाँधली भयो भन्दै आइतबार जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाए। ‘नेकपा एमालेका महासचिवले निर्वाचन सकिएको तीन दिनपछि धाँधली भयो भन्नु आश्चार्यको कुरा हो। ६० प्रतिशत एक्लै जित्छौं भन्ने साथीहरु तीन दिनपछि आएर धाँधली भयो भन्नुहुन्छ। यो मतदाता माथिको अपमान हो।’

प्रकाशित: २ जेष्ठ २०७९ १०:४९ सोमबार

माओवादी नेता बर्षमान पुन