राजनीति

‘बालेन’ र ‘स्थापित’बीच तीन हजार बढी मतको फरक

आज मतगणनाको तेस्रो दिन, सोमबार। काठमाडौ महानगरका मेयरमा सबैको चासो त्यत्तिकै छ। यही चासोका बीच तेस्रो दिनको मतगणनामा पनि मेयरका प्रत्यासी बालेन साहले नै नेतृत्व गर्ने देखिदैछ। बिहानको मतपरिणाममा स्वतन्त्र उम्मेदवार बालेन साहनै अग्र स्थानमा छन्। र, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले नेतृत्व गरिरहेकी छिन्।    

स्वतन्त्र उम्मेदवार साहले कसैलाई अघि बढ्न दिएका छैनन। पछिल्लो परिणाम अनुसार बालेन ६ हजार ४ सय ८६ मत प्राप्त गरेर अग्रह स्थानमा छन्। उनलाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ३ हजार ४ सय १३ मत मात्र पाएका छन्। यी दुई बीचको मतान्तर हेर्दा आजको दिनको मतगणनामा पनि बालेनले नै नेतृत्व गर्ने देखिएको छ।    

सत्तारुढ गठबन्धनका तर्फबाट उठेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा विस्तारै अघि बढिरहेकी छिन्। उनले अहिलेसम्म ३ हजार ९ मत प्राप्त गरेकी छिन्। चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ४ सय २१ मत प्राप्त गरेका छन्।  

यसैगरी उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुदेखि नै अग्रता लिइरहेकी छिन्। मेयरका प्रतिद्धन्दीहरुबीचको मतान्तर भन्दा उपमयेरका प्रतिद्धन्दीहरुबीचको मतान्तर धेरै छ। सोमबार बिहानको पछिल्लो मतगणना अनुसार सुनिताले ३ हजार ३ सय ८४ मत पाएकी छिन्। उनका प्रतिद्धन्दी नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेका छन्। यो तथ्याङ हेर्दा उपमेयरमा सुनिता डंगोलको निरन्तरता कायम हुने देखिन्छ।  

उपमेयरको तेस्रो र चौथो स्थानमा क्रमशः राप्रपाकी विनिता मगैयाले ७ सय ६० र विवेकशील साझाकी कीर्ति तुलाधरले १ सय ५७ मत प्राप्त गरेकी छिन्।  

प्रकाशित: २ जेष्ठ २०७९ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App