राजनीति

नौमुले गाउँपालिकामा सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष निर्वाचित छवीराम सुवेदी ।

दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम  सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत ल्याएका थिए । एमालेका शशिराम विकले १९ सय २० मत प्राप्त गरेका छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित सुवेदी २०७४ मा पालिका अध्यक्षमा पराजित भएका थिए।  गाउँपालिका उपाध्यक्षमा एकिकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८ सय ३४ मत ल्याएका थिए। उनको प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अमृता सिंहले २४ सय ५ मत ल्याएकी थिइन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०१:३७ आइतबार

नौमुले गाउँपालिका