राजनीति

पूर्व प्रधानमन्त्री चन्दको वडामा राप्रपाको जित

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको वडामा प्यानलसहित राप्रपाले जित हासिल गरेको छ। चारपटक प्रधानमन्त्री बनेका चन्दको वडामा उनकै पार्टीले बाजी मारेको हो।

सुर्नया गाउँपालिका–२ मा राप्रपाका गणेशबहादुर बिष्ट ३ सय मत लिएर प्यानल सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २ सय ३८ मत ल्याएका छन्।

 यस्तै कांग्रेसका कृष्णबहादुर पाण्डेले १ सय ५० माओवादीका पूर्णबहादुुर  बिष्टले १ सय ५५ मत ल्याए। यस अघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उक्त वडामा राप्रपाले जित हासिल गरेको थियो। यो वडामा  एमाले र राप्रपाको चुनावी तालमेल गरेका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ००:५५ आइतबार

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द राप्रपा