राजनीति

वडाध्यक्ष थप्दै कांग्रेस, एमालेको सुरुवात, माओवादीले खोलेन खाता

हालसम्म नौवटा वडाको मतपरीणाम सार्वजनिक भएकोमा कांग्रेस सात वडाध्यक्ष जित्दै पहिलो स्थानमा छ। एमालेले दुई स्थान जितेको छ। माओवादीले अहिलेसम्म वडाध्यक्षमा खाता खोल्न सकेको छैन। अहिले जिल्लाका १२ मध्ये १० स्थानीय तहको मतगणना भइरहेको छ।  

पछिल्लो मतपरीणामअनुसार हेलम्बु गाउँपालिका–७ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार निलबहादुर खड्का निर्वाचित भएका छन्। उनले एमालेका विष्णु तामाङलाई हराए। खड्काले ८ सय ३१ मत ल्याउँदा तामाङले ५ सय ४२ भोत मात्र पाए। त्यस्तै बलेफी गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसकै हुपबहादुर खड्काले जित निकाले। ६ सय ९७ मत ल्याएर उनी निर्वाचित भए। उनीसँग माओवादीका दिलप्रसाद आचार्य पराजित भए। उनले ५ सय ४१ मत पाए। साविक बिजेता एमालेबाट कांग्रेसले यो वडा खोसेको हाे।  

त्यस्तै इन्द्रावती गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका चिनलाल तामाङ बिजयी भएका छन्। उनले कांग्रेसका श्री लामालाई पराजित गरे। लामा निवर्तमान अध्यक्ष पनि हुन्। तामाङले ६ सय ९६ र लामाले ५ सय ३३ मत पाए। एमाले कांग्रेसबाट यो वडा खोस्न सफल भएको छ।  

हालसम्म निर्वाचित वडाध्यक्षहरु 

बाह्रविसे नगरपालिका–१, आङदोर्जे शेर्पा, कांग्रेस

बाह्रविसे नगरपालिका–२, रेशम तामाङ, कांग्रेस

जुगल गाउँपालिका–१, जनक लामा, कांग्रेस

त्रिपुरासुन्दरी गाउँपालिका–१, सीताराम थापा, कांग्रेस

 हेलम्बु गाउँपालिका–१, दावाग्याल्जेन लामा, कांग्रेस

हेलम्बु गाउँपालिका–७, निलबहादुर खड्का, कांग्रेस

बलेफी गाउँपालिका–१, हुपबहादुर खड्का, कांग्रेस

 चौतारा साँगाचोकजढी नगरपालिका–३, टेकबहादुर तामाङ, एमाले

 इन्द्रावती गाउँपालिका–१, चिनलाल तामाङ, एमाले

प्रकाशित: ३१ वैशाख २०७९ १८:४८ शनिबार

#sindhupalchokelection