राजनीति

दाङमा अग्रता विहीन एमाले

दाङका ९ स्थानीय तहमा एमाले अग्रता बिहिन बनेको छ। अहिले भैरहेको मतगणनामा एमाले ९ स्थानीय तह मध्य कुनै तहमा पनि अगाडी छैन। 

दिउँसो सम्म एमालेले गढवा गाउँपालिकामा अग्रता लिइरहेकाे थियो। तर यो गाउँपालिकामा पनि अहिले माओवादीले एमालेलाई उछिनेको छ। यो पालिकामा एमाले दोस्रो स्थानमा भरेको छ। यसैगरी घोराही उपमहानगरपालिमा गठबन्धन तर्फका उम्मेदवारहरूको अग्रता कायमै छ। दोस्रो स्थानमा रहेको एमालेले यहाँ गठबन्धनलाई पछ्याइरहेको छ।  

यसैगरी लमही नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ। जिल्लाका दंगिशरण,शान्तिनगर, बबई गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ। यसैगरी कांग्रेस माओवादी गठबन्धन बनेको बंगलाचुली गाउँपालिकामा पनि एमालेले गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेको छ। 

यो पालिकामा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अध्यक्षमा र कांग्रेसका उम्मेदवार उपाध्यक्षमा भिडेका छन्। यसैगरि राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता कायम राख्दा एमाले अहिले सम्म जिल्लामा अग्रहता बिहीनताको अवस्थामा छ।

प्रकाशित: ३१ वैशाख २०७९ १५:२३ शनिबार

एमाले