राजनीति

रुकुम त्रिबेणी १ मा स्वतन्त्र उम्मेदवार विजयी, मुसिकोटमा कांग्रेसको अग्रता

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय त्रिबेणीका अनुसार ओलीले ५ सय ७७ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण ओलीले ४ सय १७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मुस्कान ओलीले ५१ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार ओलीको प्यानलबाट महिला सदस्य कमला बोहरा, दलित महिला सदस्य लालसरा कामी, खुला सदस्यहरु खडक पुन र पुर्णबहादुर बुढा विजयी भएका छन्।

उनीहरु धारा चुनाव चिन्हमा चुनाव लडेका थिए। यहाँ गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रका गणेशकुमार केसीले ५ सय ८८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अमरसिं खड्काले २ सय ३०, एमालेका चोपलाल खडकाले १५ मत ल्याएका छन्।

रुकुमको सदरमुकाममा रहेको मुसिकोट नगरपालिकामा हाल सम्म कांगे्रसका उम्मेदवारको अग्रता रहेको छ। नगर प्रमुखमा कांग्रेसका महेन्द्र केसीले ८ सय २५ मत ल्याउँदा माओवादीका बसन्त शर्माले ६ सय २१ मत ल्याएका छन्। यहाँ कांग्रेस एमाले गठबन्धनसंग माओवादी र समाजवादी गठबन्धनको प्रतिस्पर्धा छ।

प्रकाशित: ३१ वैशाख २०७९ १३:१६ शनिबार

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका