राजनीति

गोरखा नगरपालिका मेयरमा कांग्रेसको अग्रता

गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।

एमालेले मेयर पदमा ६३४ मत ल्याएको छ भने उप मेयरमा ७१५ मत ल्याएको छ। माओवादी केन्द्रले ७०२ मतप्राप्त गरेको छ भने उप मेयरमा ३२९ मतल्याएको छ। जनता समाजवादी पार्टीबाट उप मेयरले ३५८ मतप्राप्त गरेका छन्।

वडा नम्बर १ र २ दुवैमा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। यस्तै अजिरकोटगाउँपालिका वडा नम्बर १ मामाओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ११:५६ शनिबार

गोरखा नगरपालिका मेयरमा नेपाली कांग्रेस