राजनीति

सिरहा नगरपालिकामा कांग्रेसको अग्रता

सिरहाको १७ पालिका मध्ये ९ पालिकामा मतगणना सुरु भएको छ। सिरहा र कल्याणपुर नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ।  

सिरहा नगरपालिकामा १०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार यादव १०४, नेकपा एमालेका नविनकुमार यादवले ३७, नेकपा एकीकृत समाजवादीकी रिता कुमारी यादवले २९, जनता समाजवादी पार्टी (जसपा) का अशेश्वर प्रसाद यादवले ९९, जनमत पार्टीका राजकुमार यादवले ८ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले बताएकि छिन्।

प्रकाशित: ३१ वैशाख २०७९ ११:२७ शनिबार