राजनीति

दाङका ९ स्थानीय तह मध्य कहाँ-कहाँ कसको अग्रता?

दाङका ९ स्थानीय तहमा भैरहेको मतगणना अनुसार नेपाली काङ्ग्रेसले सबै भन्दा बढी तहमा अग्रता कायम राखेको।  काङ्ग्रेसले लमही नगरपालिका,दङ्गि शरण गाउँपालिका, बबइ गाउँपालिका, शान्तिनगर गाउपालिकामा अग्रता लिएको छ। 

यसैगरी माओवादिले राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा एमालेले एउटा तहमा मात्रै अग्रता लिएको छ। एमालेले गढवा गाउँपालिकामा मात्रै अग्रता लिएको छ। यसैगरी घोराही उपमहानगर र बङगलाचुली गाउँपालिकामा काङ्ग्रेस माओवादीको गठबन्धनले अग्रता लिएको छ।

तुलसीपुर उपमहानगरमा भने जेठ ३ गते मात्रै मत गणना हुने छ। यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लवरु चौधरीको निधन भएपछी यो वडामा शुक्रबार निर्वाचन हुन सकेन। यो वडामा जेठ ३ गते निर्वाचन हुने छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ०९:३४ शनिबार