राजनीति

काठमाडौं महानगर मेयरमा बालेनको अग्रता

काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न २ बजेसम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले १९२ यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४८ प्राप्त गरेका छन्

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ। मतगणना जारी छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:२१ शनिबार