दाङमा माओवादीले विजयी सुरुवात गरेको छ। एक वडामा माओवादीका उम्मेद्वार विजयी भएका छन्। राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादिका रिम बहादुर सुनारी मगर वडा अध्यक्षमा विजयी भए। उनले ३ सय ५८ मत प्राप्त गर्दै जीत हात पारे।
उनका प्रतिष्पर्धी रमेश चुहानले १ सय ९८ मत प्राप्त गरे। यो वडामा ७ सय १४ मत खसेको थियो। राप्ती गाउँपालिकामा माओबादिले अग्रता कायम राखेको छ।
प्रकाशित: ३१ वैशाख २०७९ ०५:०९ शनिबार