राजनीति

निर्वाचन आयोगद्वारा डा.भट्टराईसँग स्पष्टीकरण माग

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ।  

डा.भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

डा.भट्टराईले आज बिहान मतदान गर्ने क्रममा गोप्य मतदान गर्ने ठाउँबाट निर्वाचन चिह्नमा छाप लगाएको फोटो खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए।

प्रकाशित: ३० वैशाख २०७९ ११:१२ शुक्रबार