ताप्लेजुङका सबै मतदान केन्द्रबाट मतदान सुरु भएको जिल्ला निर्वाचन समन्वय समितिले जनाएको छ।
रातभरी पानी परेपनि अहिले भने रोकिएको छैन। यहिँ मौकामा मतदाताहरु मतदानका लागि लाभबद्ध भएका छन्। सबैभन्दा कम ६६ मतदाता रहेको फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मामा १६ देखि २० मत सम्म खस्न सक्ने अनुमान गरिएको छ।
त्यहाँका धेरै मतदाता बाहिर रहेकोले यस्तो अनुमान गरिएको हो। वडाध्यक्ष सहितका जनप्रतिनिधि निर्विरोध भइसकेकोले बाहिर रहेका मतदाता मत हाल्न त्यहाँ नगएको बुझिएको छ। सबैभन्दा बढी १ हजार ३४ मतदाता रहेको फुङ्लिङ नगरपालिकाको वडा नं ७ स्थित युवाबर्ष मावि कैंजले मतदान केन्द्र सहित जिल्लाका अधिकाँस मतदान केन्द्रबाट मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
गृह पालिकामा पुगेर मतदान गरे पूर्व मन्त्री भट्टराईले
नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आफ्नो गृह गाउँपालिका मैवाखोला गाउँपालिकाको वडा नं ३ मा साँघुपाटीमा रहेको नारायण मावी साँघु मतदान केन्द्रबाट मतदान गरेका छन्। सो मतदान केन्द्रमा उनले पहिलो मतदान गरेका हुन् ।
प्रकाशित: ३० वैशाख २०७९ ०२:४५ शुक्रबार