राजनीति

गठबन्धन टुटाउन षड्यन्त्र भईरहेको छः दाहाल

पोखरामा आइतबार चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः उमेश पुन/नागरिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउनका लागि दलहरुले गठबन्धन गरेको बताएका छन् । गठबन्धन टुट्यो भने राजनैतिक दुर्घटना निम्तिने उनले दोहो¥याका छन् ।

संघीय र प्रदेश चुनावसम्म यो गठबन्धन लैजाने उनले स्पष्ट पारे । पोखरामा आइतबार आयोजित चुनावी सभामा उनले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि यो गठबन्धनको जन्म भएको उल्लेख गर्दै राजनैतिक स्थायीत्व र आर्थिक विकासको लागि गठबन्धन आवश्यक रहेको बताए ।  

‘राजावादीहरुसँग गरिएको गठबन्धन विरुद्ध उभिनुपर्ने खाँचो छ,’ उनले भने , प्रतिक्रियाबादी र अवसरवादीले यो गठबन्धन टुटाउन षडयन्त्र गरिरहेका छन् ।’  

प्रकाशित: २५ वैशाख २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App