राजनीति

गठबन्धनकाे एकता देखेर ओली डराएः देउवा

प्रधानमन्त्री  तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनलाई परास्त गर्न पाँच दलिय गठबन्धनको जित आवयक भएको बताएका छन्।

गठबन्धनले आज बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिगमनलाइ  परास्त गर्दै लोकतान्त्रिक संविधानको रक्षा  र प्रजातान्त्रिक अधिकारलाई संस्थागत गर्न बैशाख ३० को निर्वाचनमा गठबन्धनका दलहरुले जित्नु पर्नेमा जोड दिए।

पाँच दलिय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै उनले मत दिएर जिताउन आग्रह गरे। देशमा विकास र समृद्धि ल्याउन सुकुम्बासी समस्या समधान गर्दै जनाधिकारको रक्षा गर्न गठबन्धनका दलहरूले जित्नु पर्ने उनको भनाइ थियो।

काँग्रेस नेतृत्वको गठबन्धन सरकारले भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने,कृषि,औधोगिक,व्यवसायिक,पर्यटकीय क्षेत्रको विकास गर्दै देशमै रोजगारी सिर्जना गरी गरिबी न्युनीकरण गर्ने प्रधानमन्त्री देउवाले बताए। नगारिकताको समस्या पनि आफूहरूले मात्रै समाधान गर्न सक्ने दाबी गरे।

‘जनताको मत पाएर पनि एमालेले केही गरेन,न राष्ट्रिय रूपमा केही गर्‍यो न तपाइको ठाँउमा केही गर्‍यो त्यसैले अब आफ्नाे भोट दिदा विचार पुरयाउनुस्। गठबन्धनका दललाइ जिताउनुस् हामीले संविधानको रक्षा गर्दै मुलुकलाइ समृद्धि र विकासमा डोर्याउछौं’ देउवाले भने।

अहिले देशैभरि गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै प्रधानमन्त्री देउवाले त्यसबाट अताल्लिएका  विपक्षीहरुले विभिन्न भ्रमहरू छरिरहेको पनि बताए। हाम्रो एकता र तागत देखेर ओली डराएका छन्। विभिन्न भ्रमहरू छरिरहेका छन्, तपाइहरु त्यो भ्रममा नपर्नु होला’ देउवाले भने।

एमाले अध्यक्ष केपी ओलीबाट अत्यन्त अत्याचार भएपछि गठबन्धन बनेको देउवाले प्रष्ट्याए। ‘कसैको विरोध सहन नसक्ने,कसैले केही भनिहाले संसद नै भंग गरिहाल्ने। यो संविधानमा प्रधानमन्त्रीले लहडमा संसद भंग गर्न पाउने व्यवस्था नै छैन’देउवाले भने।

असंवैधानिक रुपमा विघटन गरीएको संसदलाइ अदालतले पुनस्र्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएर संवैधानिक संकट निम्त्याउन खोजेको उनले बताए। एमालेले जनताले दिएको जनमतको कदर गर्न नसकेको भन्दै देउवाले भने ‘अब पनि ओलीको पार्टीलाइ जिताएर के गर्नुहुन्छ? भोलि फेरि त्यही हालत हुने हो’ । संंसद विघटन गर्नुभयो। अदालतले न्याय गरेर पुनःस्थापना गर्यो तर चल्न दिएको छैन । एमालेलाइ जनताले बहुमत दिएकै हो तर सरकार पनि चलाउन सकेनन’ काँग्रेस सभापति देउवाले भने।

चुनावी सभामा सहभागीलाइ उत्साह थप्ने प्रयास गर्दे देउवाले आफनो सरकार बनेपछि देशमा सहज वातावरण बनेको बताए। ओलीकै कारण कमजोर भएको अन्तराष्ट्रिय सम्बन्ध र विश्वासलाइ गठबन्धन सरकारले बलियो बनाएको भन्दै देउवाले विकासकालागि अनुदान भित्र्याउन सफल भएको बताए। ‘ओलीले देशलाइ ऋणमय बनाएका थिए तर हामी आएपछि ऋण हैन अनुदान भित्र्याएका छौ’ हाम्रो जस्तो देशकालागि ऋण हैन अनुदान आवश्यक छ’ प्रधानमन्त्री देउवाले भने।

सरकारले एमसीसी परियोजना पास गरेर विकासकालागि ठुलो उपलब्धी हात पार्न सफल भएको बताए। व्याज तिर्न नपर्ने यो अनुदानबाट सबैभन्दा बढी लाभ बुटवल,भैरहवा र दाङबासीलाइ बासीलाइ हुने उल्लेख गरे। ‘बुटवलदेखि दाङसम्मको सडक बिस्तार हुनेछ,विद्युत प्रसारण लाइन बन्नेछ’ देउवाले भने। बुटवलमा मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी समस्या,सडक,खानेपानी जस्ता विकास र रोजगारीकालागि सरकारले विशेष ध्यानदिने पनि देउवाले बताए।

प्रकाशित: २४ वैशाख २०७९ ११:१२ शनिबार