राजनीति

पूर्वमन्त्री आलमको मुद्दाः थुनामै रहेर पुर्पक्ष गर्न रौतहट अदातलले दिएको आदेश सर्वोच्चद्वारा सदर

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई थुनामै रहेर पुर्पक्ष गर्न जिल्ला अदातल रौतहटले दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।

जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलम थुना बाहिर बसेर पुर्पक्ष गर्न पाउँ भनि सर्वोच्च अदातल गएका थिए।  तर सर्वोच्च अदालतका न्यायधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको इजलासले शुक्रबार जिल्ला अदातल रौतहटकै आदेश सदर गरेको हो।

अब पूर्वमन्त्री आलमको मुद्दा जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दाका रुपमा अघि बढ्ने भएको छ। उनले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ।

प्रकाशित: २३ वैशाख २०७९ १०:५८ शुक्रबार

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम जिल्ला अदातल रौतहट सर्वोच्च अदातल