राजनीति

काँग्रेसको चुनावी कार्यक्रमस्थलमा माओवादी केन्द्रका कार्यकर्ताले गरे आगजनी

तस्बिरः माओवादीले जलाएका कांग्रेसका प्रचार सामग्री।

स्थानीय तह निर्वाचनको लागि प्रचारप्रसार गर्ने उद्देश्यले तयार गरिएको नेपाली काँग्रेसको चुनावी कार्यक्रमस्थल नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले आगजनी गरेका छन्। पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका ५ जिवाङमा कार्यक्रमका लागि तयार पारिएको कार्यक्रमस्थल आगजनी गर्नुका साथै चुनावी कार्यक्रम नै गर्न नदिएको नेपाली काँग्रेसले जनाएको छ।

कांग्रेस त्रिवेणी गाउँपालिका सभापति दिपेन्द्र ओलीका अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार गर्न लागिएको कार्यक्रम स्थलको टेन्टमा आगो लगाइएको छ भने कांग्रेस वडा कार्यालय समेत तोडफोड गरिएको छ। चुनावी प्रचार सामग्री खोसेर आगजनी गरेको काँग्रेसले जनाएको हो। एक रुकुम प्रहरीका अनुसार सो स्थानमा माओवादी कार्यकर्ताले काँग्रेसमाथि ज्यादति गरेका थिए।

प्रकाशित: २२ वैशाख २०७९ १२:०५ बिहीबार