राजनीति

भरतपुरमा गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको चुनावलाई लिएर गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।  

उनले कुनै पनि हालतमा भरतपुर र चितवनबाट गठबन्धन फुट्न नदिने बताए। देउवाले भने, 'यहाँ ठूलो षड्यन्त्र भइरहेको छ। यहाँ मात्र विरोध किन भइरहेको छ? अन्त किन भएन?’

उनले कुनै पनि पार्टीले एक्लै देश बनाउन नसक्ने हुनाले गठबन्धनको आवश्यक भएको बताए।  

देउवाले विकास निर्माणमा अग्रिणी रहेको भरतपुर नगरपालिकाको मेयरमा रेणु दाहालको विकल्प नरहेको पनि बताए।

प्रकाशित: २२ वैशाख २०७९ ११:०१ बिहीबार