राजनीति

हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपः गाउँपालिका अध्यक्षका उम्मेदवार घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

हिजो साँझ हुप्सेकोट गाउँपालिका १ स्थित थारुटोलमा चुनावी सभा सकेर फर्किने क्रममा कांग्रेस र एमाले कार्यकर्ता बिच झडप भएको हो। झडपमा दुवै तर्फ गरि ४ जना घाइते भएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठकले जानकारी दिए।

झडपमा हुप्सेकोट गाउँपालिकाकी निवर्तमान अध्यक्ष तथा हालकी उम्मेदवार लक्ष्मी पाण्डे समेत घाइते भएकी छन्। उनकाे अवस्था भने  सामान्य रहेकाे छ। 

पाठककाअनुसार, चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार पाण्डेले प्रयोग गरेको गाडी तोडफोड भएको छ भने एमालेका तीजजना कार्यकता घाइते भएका छन्।

घाइते हुनेमा हुप्सेकोट गाउँपालिका -१ बेलुवाका मनोज गुरुङ, हरि मगर र चुडा बहादुर शेरपुञ्जा मगर छन्। उनीहरूको टाउको र हातमा चोट लागेको पाठकले जानकारी दिए। 

उनका अनुसार उनीहरुको उपचारका लागि चितवन ल्याएइको छ। तर, अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हुप्सेकोटमा एमालेका तर्फबाट चेतबहादुर रानाले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रकाशित: २१ वैशाख २०७९ ०३:५९ बुधबार

नेकपा एमाले नेपाली कांग्रेस