राजनीति

कांग्रेसले सात सहरमा सभा गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रित गरी प्रमुख सहरहरूमा चुनावी सभा गर्ने भएको छ। पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले वैशाख २१ देखि २७ गतेसम्म मुलुकका विभिन्न सात सहरमा सभा गर्ने भएको हो।

सभा मोरङबाट सुरु गरेर कैलालीमा पुगेर समापन गर्ने तयारी कांग्रेसको छ। २१ गते मोरङ, २२ गते धनुषा, २३ गते काठमाडौं, २४ गते कास्की, २५ गते रुपन्देही, २६ गते सुर्खेत र २७ गते कैलालीमा सभा गर्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ वैशाख २०७९ ०५:३४ आइतबार

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति