राजनीति

कैलालीमा २ हजार ५ सय बढीको उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि कैलालीमा दुई हजार पाँच सय ५८ जनाले उम्मेदवारी दिएका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा १ उपमहानगरपालिकासहित ६ वटा नगरपालिका रहेका छन् भने ६ वटा गाउँपालिका रहेका छन्। १३ स्थानीय तहका सबै निकायका लागि २ हजार पाँच सय ५८ जनाले उम्मेदवारी दिएका हुन्।

नगरप्रमुखको ७ पदका लागि कैलालीमा ५४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखको ७ पदको लागि ४० जनाले मनोनयन दर्ता गराएका छन्। यस्तै ६ वटा गाउँपालिका रहेको कैलालीमा अध्यक्ष पदका लागि ४० जना र उपाध्यक्षका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।

१ सय २६ वडा रहेको कैलालीमा वडाध्यक्ष पदका लागि ६ सय १० जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको कार्यालयका अनुसार १ सय २६ वटा महिला सदस्य पदका लागि ४ सय ५३ जना, १ सय २६ दलित महिला सदस्य पदका लागि ३ सय ८८ र २ सय ५२ जना खुला वडा सदस्य पदका लागि ९ सय ४३ जनाले मनोनयन दर्ता गराएका छन्।

यस्तै ९ वटा स्थानीय तह रहेको डोटीमा १ हजार ६ जनाले उम्मेदवारी दिएका छन्। २ नगरपालिका रहेको डोटीमा २ जना मेयर पदका लागि १२ जना र उप्रमुखकका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन्। ७ गाउँपालिकामा ७ जना अध्यक्ष पदका लागि २८ जना र २४ जनाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। ६५ वडा रहेको यहाँ २ सय २८ जनाले मनोनयन दर्ता गराएका छन्।

प्रकाशित: १४ वैशाख २०७९ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App