राजनीति

प्रदेश सभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी

नेकपा (माओवादी केन्द्र)को तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य रहेका दिपेश थारुले राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयर पदमा उम्मेदवारी दिएका छन्।  

स्थानीय तहको टिकट नपाउँदासम्म उनको राजीनामालाई गुपचुप राखिएको थियो। थारुले वैशाख ९ गते राजीनामा बुझाए पनि प्रदेश सभाबाट आइतबार स्वीकृत भएको हो। मेयरमा उम्मेदवारी दिएपछि थारुले प्रदेश सांसद भएर भन्दा स्थानीय तहबाट जनताको सेवा गर्न सकिने प्रतिक्रिया दिएका छन्।

संविधानले स्थानीय तहलाई सबैभन्दा धेरै अधिकार दिएको र त्यसलाई सही अर्थमा कार्यान्वयन गरेर जनताको आवश्यकता र सेवा प्रदान गर्न सकिने भन्दै प्रदेश सभा छोडेर मेयरमा उम्मेदवारी दिएको बताए। प्रदेश सभाबाट भन्दा स्थानीय तहबाट आफूले धेरै काम गर्ने उनले बताए।  

थारु बर्दियाको २ क्षेत्रको (ख) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। अहिले उनले गठबन्धनबिनै नेकपा माओवादी केन्द्रबाट मेयरको लागि उम्मेदवारी दिएका हुन्।

प्रकाशित: १३ वैशाख २०७९ १४:२६ मंगलबार