राजनीति

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको उम्मेदवारी

गंगादेब गाउँपालिका अध्यक्ष उम्मेदवार तथा नेकपा केन्द्रीय नेता चुडामणी वली।

विप्लव नेतृत्वका कार्यकर्ताले रोल्पा जिल्लाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रीय सदस्य चुडामणि वली 'आदर्श'ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ।  

थबाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती, अजय घर्ती र महेश बुढामगरले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा रायबहादुर पुन मगरको उम्मेदवारी परेको छ। यीमध्ये थबाङ गाउँपालिकामा दर्जित रोकामगरको पनि स्वतन्त्र उम्मेदवारी परेको छ।

विप्लव नेतृत्वको नेकपाबाट सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा कमल थापा र उपाध्यक्षमा दिपेश विष्टले उम्मेदवारी दिएका छन्। लुंग्री गाउँपालिका अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया बिकले उम्मेदवारी दिएकी छन्।  

सुनछहरी गाउँपालिका अध्यक्षमा नेकपाका पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन्। घर्तीले उम्मेदवारी दिएपछि नेकपा एमाले र नेपाली कांग्रेसले समेत उक्त पदमा उम्मेदवारी दिएनन्।

विप्लव नेतृत्वको नेकपाबाट जिल्लाका बिभिन्न वडामा पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित: १३ वैशाख २०७९ १२:४६ मंगलबार