राजनीति

नेमकिपा अध्यक्ष बिजुक्छेका भाइले दिए वडा अध्यक्षमा उम्मेदवारी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) का आफ्नै सहोदर भाइले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। सहोदर कान्छो भाइ योगेन्द्रमान बिजुक्छेले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

नेपाल मजदुर किसान पार्टीकैतर्फबाट उनले उम्मेदवारी दिएका हुन्। उनी पार्टी अध्यक्ष बिजुक्छेका सबैभन्दा सानो कान्छो भाइ हुन्। विजुक्छेका पाँंच दाजुभाइ छन्। साथै उनका पाँंच दिदीबहिनीहरु पनि छन्। तीमध्ये पार्टी अध्यक्ष बिजुक्छे सबैभन्दा जेठा हुन्। उम्मेदवारी दिएका योगेन्द्रमान भनै सबैभन्दा कान्छो दशौं सन्तान हुन्।

योगेन्द्रमान पेशाले शिक्षक हुन्। उनी भक्तपुरकै देकोचास्थित जेन्युइन इगलिश स्कुलका प्रिन्सपल हुन्। उनी लामो समयदेखि अध्यापन पेशामा छन्। साथै उनी पार्टीको राजनीतिमा पनि सक्रिय छन्।  भक्तपुर नगरपालिकाको सबै वडाहरुमा पछिल्लो स्थानीय निकायको निर्वाचनमा नेमकिपाले क्लिनस्वीप (मेयर उपमेयर, वडा अधध्यक्षदेखि वडा सदस्यसम्म सम्पूर्ण पदहरुमा जितेको) गरको थियो।  

भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै सबै वडाहरुमा पछिल्लो पटक सम्पूर्ण जित हाँसिल गरेकोले तयसलाई तोड्न यस पटक सतारुढ नेपाली कांग्रेस, एकीकृत माओवादी, एस माओवादीलगायत एकताबद्ध भएर उेम्मेदबारी दिएको छ। 

नगरको कुनै एउटा वडामा एउटा वडा सदस्य भए पनि जित्ने जोडतोडका साथ संयुक्त गठबन्धनले संयुक्त उम्मेदवारी दिएको छ।  नगरपालिकाको एकदेखि १० वडासम्ममा नेमकिपाको कमजोर वडा वडा नं ५ हो। यही हिसावले आफनो जितलाई भत्कन नदिन पार्टी अध्यक्ष बिजुक्छेले आफ्नै भाइलाई वडा अध्यक्षमा उम्मेदवारी दिन लगाएको अनुमान छ।

प्रकाशित: १३ वैशाख २०७९ ११:४१ मंगलबार