राजनीति

काठमाडौंको मेयरबाट पछि हटे पूर्वडिआइजी खरेल

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारीमा रहेका नेपाल सुशासन पार्टी अध्यक्ष रमेश खरेल पछि हटेका छन्।

नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका खरेलले संघिय संसदको सदस्यको तयारीमा रहेको बताउँदै मेयरको उम्मेदवारीबाट पछि हटेको बताए।  

यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेको उनले बताए। काठमाडौंको मेयरकोे उम्मेदवारी दर्ताका लागि पार्टी भित्र आन्तकि छलफल भइरहेको खरेलले नागरिकलाई बताए।  

‘म मेयर पदमा नउठ्ने भए, काठमाडौंमा उम्मेदवारी दर्ताका लागि साथीभाइसँग पार्टीभित्र छलफलमा छु, अहिले निर्णय भएको छैन,’ उनले भने, ‘म संघिय संसद सदस्यकालागि तयारीमा छु। साथिभाइको यहि छ सुझाव।’  

गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्। खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए।

प्रकाशित: १२ वैशाख २०७९ १२:३६ सोमबार

पूर्वडिआइजी रमेश खरेल