राजनीति

धनुषामा टिकट नपाएपछि केही घण्टामै पार्टी परिवर्तन

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको निवर्तमान मेयर राम बाबु यादवले जनता समाजवादी पार्टी परित्याग गरेको छ। जसपाले पुनः मेयरमा टिकट नदिएपछि जसपा परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेको हो। यादव हालको जसपा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयरमा निर्वाचित भएको थियो।  

जसपाकी नेतृ रेणु यादव टिकट वितरण गर्न जनकुर आएकी थिइन्। विहानैदेखि जनकपुर स्थित होटेल राजदरवारमा (जसपा) बाट टिकट पाउने आंकाक्षीहरु आफ्नो समर्थकहरु लिएर होटेल पुगेको थियो। टिकट वितरण गर्न आएकी नेतृ रेणु यादवले पुरानो कार्यकर्ताहरुलाई पखा लगाइ नयाँलाई टिकट दिएको भन्दै विवाद परेको थियो। कार्यकर्ताहरु बीच भएको विवादमा १० जना घाइते समेत भएको छ।  

जनकपुरमा विवाद परेपछि नेतृ यादव बर्दिबास पुगेकी छिन्। यता निवर्तमान मेयरले(जसपा) बाट टिकट पाउने सम्भवना नदेपछि पार्टी परित्याग गरेको हो। उनलाई लोसपाले मेयरको उम्मेदवार बनाउने भएको छ।

प्रकाशित: ११ वैशाख २०७९ १०:०४ आइतबार