राजनीति

कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन्।

पोखरा महानगरको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने भन्दै सुरुदेखि नै माग राख्दै आएका उनीहरुले जिल्ला समितिको पदाधिकारी बैठक बसिरहेको बेला नेताहरुलाई कार्यालयभित्रै थुनिदिएका हुन्। सत्ता गठबन्धनको भागबण्डामा पर्दा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने यसअघि नै सहमति भईसकेको छ। 

तर, कांग्रेसका कार्यकर्ताले भने यो निर्णयको विरोध गर्दै आएका छन्।  कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले भित्र बैठक बसिरहेको बेला बाहिरबाट कार्यकर्ताले आफूहरुलाई थुनेको जानकारी दिए।  

प्रकाशित: ११ वैशाख २०७९ ०९:४० आइतबार

कांग्रेस जिल्ला समिति कास्की