राजनीति

विराटनगरको उपमेयरमा उपेन्द्र यादवका छोरासहित ८ जनाको नाम सिफारिस

विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीले पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहित ८ जनाको नाम सिफारिस गरेको छ।

जनता समाजवादी पार्टी विराटनगर समितिले शुक्रबार ८ जनाको नाम सिफारिस गरेको हो। जसमा केन्द्रीय सदस्य भुराज राई, केन्द्रीय सदस्य डा रामविलास यादव, विराटनगर अध्यक्ष अमरेन्द्र यादव, महानगर उपाध्यक्ष मोहमत नसरुल, प्रदेश सदस्य विमला अर्याल, महानगर सदस्य उमेश यादव, जिल्ला महिला अध्यक्ष सदिना खातुन र प्रदेश महिला सदस्य कुन्ता राई रहेकी छिन्।

प्रकाशित: ९ वैशाख २०७९ १३:५७ शुक्रबार