राजनीति

एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगल धुनसहित आज पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका छन्।

पार्टीको ७४ औँ स्थापना दिवसका अवसर पारेर एमाले ललितपुर च्यासलस्थित नयाँ भवनमा सरेको छ। घोषणा पत्र सार्वजनिक गर्नु पूर्व अध्यक्ष ओलीले पार्टीलाई योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेका थिए।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् घोषणा पत्र तयारी समितिका संयोजक ईश्वर पोखरेलले घोषणा पत्र वाचन गरिरहेका छन्। यसैगरी देशभरकै पालिकामा एमालेले प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिरहेको छ। कार्यक्रम जारी छ।

प्रकाशित: ९ वैशाख २०७९ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App