राजनीति

जनकपुरधाम ७ का वडा अध्यक्ष एमालेमा प्रवेश

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि दाबी गरेका वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन्।

वडा नं ७ का अध्यक्ष जानकीराम साहको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयरको लागि सिफारिस भएको थियो। तर लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि त्याग गरि एमालेमा प्रवेश गरेका हुन्। साहले बालकोटमा पुगेर एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीबाट प्रवेश गरेका हुन्।

साह तत्कालीन ९राजपा० बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। यसअघि एमालेले मेयरमा शिवशंकर साह हिराको नाम सिफारिस गरिसकेको छ। यद्यपि निर्वाचित वडा अध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेपछि हिरा साहले टिकट पाउने सम्भावना न्युन भएको छ।

लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको हो। लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको हो।

प्रकाशित: ६ वैशाख २०७९ ०९:०० मंगलबार