राजनीति

एमालेभित्रका कम्युनिष्टहरू प्रतिक्रान्तीकारी र प्रतिगमनकाे बन्दी बन्न बाध्य छन्ः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेभित्रका कम्युनिष्टहरू प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य रहेको बताएका छन्।

बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले उनीहरूलाई मुक्त गरेर तिनको पनि नेतृत्व आफूले गर्नुपर्ने बताएका हुन्।

प्रचण्डले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको समेत बताए।

तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको उनको बुझाई छ।

‘एकता  कतिबेला दुर्घटनामा पर्‍यो भने जतिबेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो’, उनले भने, ‘माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाती, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो।’

प्रकाशित: १ वैशाख २०७९ ०७:५१ बिहीबार

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल