नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।
प्रकाशित: २८ चैत्र २०७८ ११:५६ सोमबार