राजनीति

संयुक्त अपिलको तयारी: तालमेल कसरतमा सत्ता गठबन्धन

सत्तारुढ पाँच राजनीतिक दलले चैत ३० गतेभित्र सहकार्यको भावना अनुसार तालमेलको टुंगो लगाउन प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएका छन्।

कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेशहरूलाई स्थानीय आवश्यकता र गठबन्धनको भावनाअनुसार तालमेलको टुंगो लगाउन निर्देशन दिएको हो।

बैठकपछि समितिले प्रदेश र जिल्लाले २०७८ चैत मसान्ताभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरी केन्द्रमा पठाउन भनेको छ। केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको मर्म, भावनाअनुसार नै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय लिन पनि प्रदेश समितिलाई आग्रह गर्ने निर्णय भएको छ।

सोमबार बिहान ९ बजे बस्ने पाँच राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूबीच चुनावी तालमेल गरेर जानेसहितका विषयमा आमजनतालाई अपिल गर्ने तयारी छ। बिहानको बैठकपछि नै उनीहरूले संयुक्त अपिल जारी गर्ने सम्भावना बढी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘अब धेरै समय पनि बाँकी छैन त्यसैले सम्भवतः भोलि (सोमबार) नै संयुक्त अपिल आउने सम्भावना छ,’ उनले भने। निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले शीर्ष नेताहरूसँगको छलफलपछि मात्र तालमेलको ढाँचा तय गर्ने भएको छ।

स्थानीय तहमा कसरी तालमेल गरेर जान सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिंदै बैठकमा सहभागी माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने, ‘बढीभन्दा बढी अधिकार र जिम्मेवारी प्रदेश र जिल्ला तहलाई नै दिएर जानुपर्छ भन्नेमै छलफल भइरहेको छ। हामी छिट्टै टुंगोमा पुग्छौं।’

स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने दोहोर्‍याएको बैठकले जिल्लाजिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल थालेको छ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलको निर्देशनअनुसार शनिबारसम्म प्रदेशसहितका तल्लो निकायलाई स्थानीय तहमा दलहरूको अहिलेको अवस्थासहितको प्रतिवेदन बुझाउन समय दिइएको थियो।

कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने ढाँचासहितका विषयमा छलफल भइरहेको बताए। अहिले नै यसरी जाने भन्ने टुंगो लागिनसकेको भन्दै कार्कीले जतिसक्दो छिटो सबै विषय टुंगोमा पुर्‍याउने दाबी गरे। निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले शीर्ष नेताहरूसँगको छलफलपछि मात्र तालमेलको ढाँचा तय गर्ने भएको छ।

स्थानीय तहमा कसरी तालमेल गरेर जान सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिंदै बैठकमा सहभागी माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने, ‘बढीभन्दा बढी अधिकार र जिम्मेवारी प्रदेश र जिल्ला तहलाई नै दिएर जानुपर्छ भन्नेमै छलफल भइरहेको छ। हामी छिट्टै टुंगोमा पुग्छौं।’

स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने दोहोर्‍याएको बैठकले जिल्लाजिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल थालेको छ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलको निर्देशनअनुसार शनिबारसम्म प्रदेशसहितका तल्लो निकायलाई स्थानीय तहमा दलहरूको अहिलेको अवस्थासहितको प्रतिवेदन बुझाउन समय दिइएको थियो।

कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने ढाँचासहितका विषयमा छलफल भइरहेको बताए। अहिले नै यसरी जाने भन्ने टुंगो लागिनसकेको भन्दै कार्कीले जतिसक्दो छिटो सबै विषय टुंगोमा पुर्‍याउने दाबी गरे।

प्रकाशित: २८ चैत्र २०७८ ०१:३७ सोमबार

तालमेल कसरतमा सत्ता गठबन्धन संयुक्त अपिलको तयारी सत्तारुढ पाँच राजनीतिक दल