राजनीति

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ।

नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रकाशित: २० चैत्र २०७८ ०६:०८ आइतबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालसहित १४ जना सांसद