राजनीति

आर्थिक संकट आउन नदिन गठबन्धनबीच छलफल भइरहेको छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए। 

उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए।

उनले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भुमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गरे। पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको उनले बताए।

प्रकाशित: १७ चैत्र २०७८ ०७:१४ बिहीबार