राजनीति

नेकपा एसका अध्यक्ष नेपाल टर्की प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पाँचदिने भ्रमणका लागि टर्की गएका छन्। 

टर्कीको अंकारामा आयोजना हुने ‘इको क्लाइमेट कन्फ्रेस’ मा सहभागी हुन सोमबार साँझ अध्यक्ष नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन्। कन्फ्रेन्समा सहभागी हुन गएका अध्यक्ष नेपालले मार्च २९ र ३१ मा हुने समिटमा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उनी आगामी चैत १९ गते स्वदेश फिर्ता हुनेछन्।

प्रकाशित: १६ चैत्र २०७८ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App