राजनीति

कांग्रेसद्वारा भीमेश्वर नगरपालिकामा तालाबन्दी

नेपाली कांग्रेसले भीमेश्वर नगरपालिकामा तालाबन्दी गरेको छ।

नगर प्रमुख भरत बहादुर केसी र उपप्रमुख कमला बस्नेतको तोक आदेशमा निकटका कार्यकर्तालाई धमाधम पैसा बाँड्न थालिएको बिरोधमा कांग्रेसले नगरपालिका कार्यालयमा ताला लगाएको हो।  

नेपाली कांग्रेस भीमेश्वर नगर समितिको नेतृत्वमा पुगेका कांग्रेस कार्यकर्ताले नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र लेखा शाखामा तलाबन्दी गरेका हुन्। 

नगर सभापति शंकर कार्कीले नगरबासीको करबाट संकलित पुँजी जथाभावी कार्यकर्तालाई बाड्ने काम नरोके प्रतिरोध गर्ने चेतावती दिए। कांग्रेस कार्यकर्ताले नगर प्रमुख केसीलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

प्रकाशित: १५ चैत्र २०७८ ०६:४२ मंगलबार