राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण 'मैत्रीपूर्ण'

प्रधानमन्त्री शेरबहादुर देउवा चैत महिनाभित्र भारतको मैत्रीपूर्ण भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको यो भ्रमण मैत्रीपूर्ण हुने स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुई देशबीच कुनै सम्झौता र समझदारी गर्ने कार्यक्रम छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीको यसअघिको भारत भ्रमण योजना कोरोनाका कारण रद्द गरिएको थियो।

प्रकाशित: १० चैत्र २०७८ १०:१० बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल भारत भारतको मैत्रीपूर्ण भ्रमण