राजनीति

बिहान ११ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन्।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो।

प्रकाशित: ९ चैत्र २०७८ ०३:३६ बुधबार

नेकपा एमाले केन्द्रीय कमिटी