राजनीति

निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको सुझावः एमसिसीको ठेक्का पार्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाले ठेक्का खोल्ने भएकोले त्यो हात पार्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिन सक्ने बताए। उनले नेपालका निर्माण व्यवसायीलाई एमसिसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे।

अमेरिकी कानूनले एमसिसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए।

एमसिसी परियोजनाले विद्युत् प्रशारण लाइन र सडक मर्मतमा ठेक्का गर्ने भएकोले त्यो ठेक्का पार्न सफल हुन उनको आग्रह थियो।  

प्रधानमन्त्री देउवाले भने, 'एमसिसीमा ग्लोबल बिडिङ हुन्छ, नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस्, सफल हुनुस्। म सबैभन्दा बढी खुसी हुनेछ।'

प्रकाशित: २७ फाल्गुन २०७८ ०८:१० शुक्रबार