राजनीति

चुनाव चिन्ह हरियो स्वीकार्य छैन, रातो बनाउनुपर्छ: ओली

‘प्रचण्ड दुई जिब्रे मात्रै हैन हजार जिब्रे हो’

मोरङको रंगेलीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिरः चुमन बस्नेत/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह रातो बनाउन आग्रह गरेका छन्। बुधबार मोरङको रंगेलीमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह रातो रंगको बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका हुन्।  

ओलीले काँग्रेसको बुढो रुख व्यूँताउन निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने तयारी गरेको बताए। ओलीले हरियो चिन्ह हुँदैमा रुख नव्यूँतने भए पनि आफूहरूलाई हरियो चिन्ह मान्य नरहेको स्पष्ट पारे। ‘काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछ‘  उनले भने, 'हरियो चिन्ह हामीलाई मान्य छैन चुनाव चिन्ह रातो बनाउनुपर्छ।’ 

भाषणको अधिकाँश समय काँग्रेस, माओवादी र समाजवादी लाई गालि गरेर विताएका ओलीले काँग्रेसले एमालेको विरोध गर्न गाउँ जाने अभियान चलाएको आरोप लगाए। उनले काँग्रेस बुढो भएर सुकिसकेकाले अब, व्यूँतिन असंभव रहेको बताए। उनले माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रयास गरे पनि उनको पार्टी बन्न नसक्ने ठोकुवा गरे।  

ओलीले प्रचण्डको हालत पनि खराव रहेको बताए। उनले प्रचण्ड दुई जिब्रे मात्रै नभएर हजार जिब्रे भएकाले उनको कुनै विश्वास नभएको बताए। ‘प्रचण्ड दुई जिब्रे मात्रै हैन हजार जिब्रे हो’ उनले भने‘प्रचण्डको पार्टी भ्रमको गोलो मात्रै हो।’ विकास प्रेमी पार्टी एमाले मात्रै भएकाले रंगेलीका मेयर र उपमेयर नेकपा एमालेमा  प्रवेश गरेको ओलीले बताए। रंगेलीमा मात्रै ६ हजार जनाबढी विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गर्दै ओलीले एमालेले स्थानीय तहबाट विजयी यात्रा सुरू गर्ने बताए। 

ओलीले सांढे ३ वर्षमा एमालेले असाधारण विकास गरेपछि आत्तीएकाहरूले एमाले पार्टी फोरेर दक्षीणपन्थी काँग्रेसलाई सत्ता बुझाएको बताए। कार्यक्रममा माओवादी केन्द्रबाट विजयी रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप वगडिया,उपप्रमुख केशवकुमारी खराल, वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडानम्बर ५ का वडाध्यक्ष महानन्द मण्डललगायत  एमाले पार्टीमा प्रवेश गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०७८ १४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App